नेपाल भित्रिने पर्यटकको संख्यामा रेकर्ड, एक महिनामै १ लाख १७ हजार पर्यटक आगमन
१५ कात्तिक २०८० काठमाडौं । नेपाल पर्यटन बोर्डले सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको जनाएको छ ।
गत वर्षको अक्टोबर महिनाको तुलनामा यो वर्ष संख्या बढेको बोर्डले जनाएको हो । बोर्डले पर्यटकको आगमनमा रेकर्ड ब्रेक भएको जनाएको छ । बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए ।
यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् ।
चीनबाड ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।
यसैबीच पाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवका सन्दर्भमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटक आकर्षित गर्न सरकारले आरोहणका लागि बन्द हिमाल खुलाउनुपर्ने बताउनुभयो ।
जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्युनिकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न समेत सरकारलाई सुझाव दिनुभयो ।
पर्यटनमन्त्री सुदन किरातीले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गर्नुएको थियो ।
प्रतिक्रिया