Main News

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान

हिमालय टिभी
२०८० कार्तिक १५ गते १३:३७
क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान

१५ कात्तिक २०८० काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो । उनी उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधारसहित समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा आफ्नो नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।

समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्नुभयो । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।

ज्येष्ठ सदस्य जबराले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुनेछ । समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *