खेलकूद

विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै

हिमालय टिभी
२०८० कार्तिक १५ गते १३:२०
विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै

१५ कात्तिक २०८० काठमाडौं । भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच खेल हुँदैछ ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा हुने खेल दिउँसो सवा दुई बजे शुरु हुनेछ । दुबै टोली आजको खेल जित्दै सेमिफाइनल सम्भावना बलियो बनाउने दाउमा हुनेछन् ।

दक्षिण अफ्रिका ६ मध्ये ५ खेलमा जितसहित १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । उता समान खेलबाट ४ जितका साथ तेस्रो स्थानको न्युजिल्याण्डको आठ अंक छ ।

एक दिवसीय विश्वकपमा दुई टोलीबीच हालसम्म भएका ८ मध्ये न्यूजिल्याण्डले ६ र दक्षिण अफ्रिकाले दुई खेल जितेका छन् । दक्षिण अफ्रिकाले पछिल्लो ५ विश्वकपमा न्युजिल्याण्डसँग खेलेका सबै खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्