Main News
गुटरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु
२०८० कार्तिक १५ गते १३:१७

१५ कात्तिक २०८० काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक ९असई० टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका घान्द्रुक चौकीका इन्चार्ज ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।
अन्नपूर्ण आधार शिविरबाट मंगलबार फर्किएका असई ढुंगाना माछापुच्छ्रे गाउँपालिका(११ का वडाध्यक्षको घरमा बसेका थिए ।
बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया