Main News

राष्ट्रसंघका महासचिव नेपाल भ्रमण पूरा गरी फिर्ता

हिमालय टिभी
२०८० कार्तिक १५ गते १३:११
राष्ट्रसंघका महासचिव नेपाल भ्रमण पूरा गरी फिर्ता

१५ कात्तिक २०८० काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण गरी संयुक्त राष्ट्र संघ का महासचिव एन्टोनियो गुटेरेस फर्कनु भएको छ ।

आइतबार बिहान काठमाडौं आइपुग्नुभएका महासचिव गुटेरेसलाई आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही कात्तिक १२ गते आउनु भएको थियो । नेपालमा रहँदा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेस अध्यक्ष शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान तथा रक्षामन्त्री खड्कालाई भेट गर्नुभएको थियो ।

आइतबार नै पाटन दरबार स्क्वारसमेत भ्रमण गरेका गुटेरेसलाई प्रधानमन्त्री दाहालले होटल सोल्टीमा रात्रिभोजसमेत दिनुभएको थियो । महासचिव गुटेरेले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

भ्रमणको क्रममा सगरमाथा क्षेत्र र अन्नपूर्ण बेस क्याम्प पनि पुग्नुभएको थियो । मंगलबार लुम्बिनी भ्रमण गरेर संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नुभएको थियो ।

उक्त अवसरमा उहाँले संक्रमणकालीन न्याय टुंग्याउन, जलवायु परिवर्तनको असर र विश्व शान्तिमा नेपालको योगदानको बारेमा मुख्य चर्चा गर्नुभएको थियो । नेपालमा सन् २००८ मा राष्ट्रसंघका तत्कालिन महासचिव वान कि मुनपछि महासचिव गुटेरेसले अहिले भ्रमण गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *