Main News

नागरिक एप के हो र यसमा के के सुविधा पाइन्छ त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १४ गते २०:४०
नागरिक एप के हो र यसमा के के सुविधा पाइन्छ त ? (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०८० काठमाडौं । ट्राफिक नियम उल्लंघन नगरी प्रहरीको चेकिङमा पर्दा नागरिक एप मै रहेको सवारी चालक अनुमति पत्र लाईसेन्स मोबाईलबाट देखाउँदा पनि हुने सूचना जारी भएसँगै, नागरिक एपको चर्चा फेरि चुलिएको छ । सबैको माझ फेरि एकपटक चर्चामा आएको नागरिक एप के हो र यसमा के के सुविधा पाइन्छ त ? यो हेरौं ।

२०७७ साल माघ २ गते सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा भन्ने नाराका सार्वजनिक गरिएको एप हो, नागरिक एप । यो एप सोमबारसम्म ३३ लाख ६ हजार १ सय ८० पटक डाउनलोड भइसकेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले अहिलेसम्म १२ लाख २१ हजार २ सय ९९ जनाको नागरिक एप प्रमाणीकरण भइसकेको जनाएको छ । स्मार्ट फोन भएकाहरुले प्ले स्टोरबाट नागरिक एप सहजै डाउनलोड गर्न सक्छन् । पछिल्लो पटक लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप भनिएको छ । नागरिक एपमार्फत् के के गर्न सकिन्छ त ?

स्थायी लेखा नम्बर प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न
सरकारलाई तिरेको करको विवरण हेर्न
नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न
नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकमको विवरण हेर्न
शैक्षिक प्रमाणपत्र हेर्न
नागरिकता सच्चाउन
कोभिड खोप कार्डको प्रमाणीकरण गर्न
पुलिस रिपोर्ट लिन
बैंक खाता खोल्न
शिक्षा मन्त्रालयले जारी गर्ने वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिन
लोकसेवा आयोगमा आवेदन दिन, शुल्क भुक्तानी गर्न, लोकसेवाको प्रवेशपत्र समेत यही एपबाट लिन सकिन्छ ।

यो एपमा ३१ वटा सरकारी निकायको ६२ वटा सेवा तथा सूचना लिन सकिने व्यवस्था छ ।

सरकारी सेवा र विवरणका लागि लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न एप ल्याइएको भनिए पनि पूर्ण रुपमा कार्यान्वन हुन सकेको छैन । सरकारी कार्यालयको काम भनेपछि वाक्क दिक्क भएका नागरिकलाई एपमा सरकारी सेवालाई एकीकृत गर्न सके सहज हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *