Main News

प्रिन्सिपल हत्या आरोपमा एक महिलासहित ६ जना पक्राउ

हिमालय टिभी
२०८० कार्तिक १४ गते १३:२२
प्रिन्सिपल हत्या आरोपमा एक महिलासहित ६ जना पक्राउ

१४ कात्तिक २०८० बारा । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा एक महिलासहित ६ जना पक्राउ परेका छन् ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको बताइएको छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

हिजो दिउँसो दुईवटा मोटरसाइकलमा आएका ४ जनाको समूहले प्रधानाध्यापक स्वर्णकारमाथि गोली प्रहार गरेको थियो । कलैया–६ मदर्शा टोलमा गोली लागेका स्वर्णकारको वीरगंजस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *