Main News

राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

हिमालय टिभी
२०८० कार्तिक १४ गते १३:१३
राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

१४ कात्तिक २०८० काठमाडौं । नेपालको ‌औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ।

महासचिव गुटेरेसले लुम्बिनीबाट काठमाडौं फर्केर दिउँसो ४ बजे संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नु भएको हो ।

बैठक आरम्भ भएसँगै गुटरेसले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

यसअघि आज विहान अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा पत्रकारसँग महासचिव गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताउनुभयो ।

जलवायु अनुकुलनको लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताउनु भयो ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यववद्धता आवश्यक रहेको बताउनु भयो । पोखरा भ्रमण सकाएर गुटरेस लुम्बिनी पुग्नु भएको छ ।

पत्रकारहरुसँग गुटरेसले बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने बताउनुभयो । लुम्बिनीमा उहाँलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुग्नु भएको थियो । लुम्बिनीबाट काठमाडौं फर्केर संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुनेछ । आइतबार काठमाडौं आएका गुटरेस चार दिने भ्रमण पूरा गरी भोलि फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *