Main News

अर्थमा डाक्टरको भिड, बिरामी अर्थतन्त्रले पाएन उपचार (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १३ गते २०:३९
अर्थमा डाक्टरको भिड, बिरामी अर्थतन्त्रले पाएन उपचार (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० काठमाडौं । यतिबेला मुलुकको अर्थतन्त्र बिरामी छ । अर्थतन्त्रको स्वास्थ्य ठिक नभएको बेला पढेका र अर्थतन्त्र बुझेका व्यक्तिले अर्थ मन्त्रालयको नेतृत्व नगरेका कारण समस्या आएको आरोप लाग्ने गर्छ ।

यो पटक भने अर्थ मन्त्रालयमा मन्त्री महतसहित सात जना पिएचडी गरेका विज्ञ छन् । तर अर्थतन्त्र झनझन संकटको भुमरिमा फस्दै गएको छ । अर्थशास्त्र पढेका सात जना डाक्टरले अर्थतन्त्रको उपचार गर्नु त परको कुरा रोगकै पहिचान गर्नसमेत सकेका छैनन् ।

अर्थमन्त्री डा. प्रकाशरण महत
अर्थसचिव डा. कृष्णहरि पुष्कर
राजस्व सचिव डा. रामप्रसाद घिमिरे
कानून महाशाखा प्रमुख डा. अर्जुन खड्का

आर्थिक सल्लाहकारहरु
डा. विश्व पौडेल
डा. गुणाकर भट्ट
डा. पोषराज पाण्डे

यो टिम मुलुकको अर्थतन्त्रको तालुकदार निकाय अर्थमन्त्रालय हाक्ने विज्ञहरुको हो । सम्भवत अर्थ मन्त्रालयमा यति धेरै विज्ञले एकै पटक काम गरेको पहिलो पटक होला । त्यति मात्र होइन दुइवटा नै पिएचडी गरेका सचिव एउटै मन्त्रालयमा भएको पनि पहिलो संयोग नै होला । तर यही बेला मुलुकको अर्थतन्त्र दिनप्रतिदिन संकटग्रस्त बन्दै गएको छ ।

अर्थतन्त्रका जानकार मन्त्री र सल्लाहकारहरु नियुक्तिपछि केही आशाको सञ्चार भएपछि अर्थतन्त्रमा सुधारको कुनै छनक देखिएको छैन । सात जना डाक्टरले अर्थतन्त्रको उपचार गर्न त परको कुरा रोग केहो भनेर समेत राम्रोसँग पत्ता लगाउन सकेका छैनन् । यसले स्वयंम अर्थमन्त्री र ती विज्ञहरुको क्षमता र जिम्मेवारी माथि नै प्रश्न खडा भएको छ ।

यो टिमले अर्थतन्त्रको बिग्रँदै गएको अवस्थालाई सुधार गर्न नसक्दा एकैपटक धेरै क्षेत्र बिग्रन पुगेको छ । राष्ट्र बैंकले गरेको कडाइले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि वित्त नीतिले काम नगर्दा आन्तरिक अर्थतन्त्र डामाडोल छ। राजस्वले चालु खर्च धान्ने अवस्था छैन । विकास खर्च पहिलो तीन महिनामा ८ प्रतिशत मात्र भएको छ । चालु खर्च कटौती गर्न र विकास खर्च पनि बढाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *