१५औं पञ्चवर्षीय योजनाका लक्ष्य अधुरै, १६औं कार्यान्वयनको तयारी (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०८० काठमाडौं । सरकारले आगामी वर्षदेखि कार्यान्वयनमा लैजाने गरि १६ औं पञ्चबर्षीय योजना निर्माणको गृहकार्य शुरु गरेको छ । तर १५ औं पञ्चबर्षीय योजनाको अन्तिम वर्षसम्म आइपुग्दा योजनामा समावेश गरिएका अधिकांश लक्ष्यहरु अधुरै छन् । १५ औं योजना बस्तुनिष्ट र परिणाममुखी हुन नसक्दा लक्ष्यहरु अधुरै रहेको आरोप लगाएपनि सरकार भने कोभिड र राजनीति अस्थिरतालाई देखाएर पन्छिदै आएकोछ ।
पन्ध्रौँ योजनाका लक्ष्य र उपलब्धि
आर्थिक वृद्धि
लक्ष्यः १०.३ प्रतिशत
उपलब्धिः चालू आर्थिक वर्षमै ६ प्रतिशतको लक्ष्य
गरिबीदर
लक्ष्यः ९.५ प्रतिशतमा झार्ने
उपलब्धिः १५.३ प्रतिशत
प्रतिव्यक्ति आय
लक्ष्यः १५ सय ९५ अमेरिकी डलर
उपलब्धिः १ हजार ३ सय ९९ अमेरिकी डलर
साक्षरता दर
लक्ष्यः ९९ प्रतिशत
उपलब्धिः ६३ प्रतिशत
विद्युतमा पहुँच
लक्ष्यः १०० प्रतिशत
उपलब्धिः ९८ प्रतिशत
विद्युत उत्पादन
लक्ष्यः ५ हजार मेगावाट
उपलब्धिः २९ सय मेगावाट
यसका अलवा प्रमुख शहरमा मेट्रो रेल निर्माण, १८ स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने, राजस्व संकलन कुल ग्रार्हस्त उत्पादनको ३० प्रतिशत अर्थात साढे १८ खर्ब पुर्याउने जस्ता महत्वकांक्षी कार्यक्रमहरु असफल जस्तै छन् ।
सरकार १६ औं पञ्चवर्षीय योजना निर्माणको तयारी गर्दै गर्दा १५औँ योजनाका अधिकांश कार्यक्रम योजनामै सिमित हुन पुगे । महत्वकांक्षी लक्ष्य, अस्थिर सरकार अनि सरकारी निकायबीचको समन्वयको अभावमा लक्ष्यहरु पूरा गर्न नसकिएको टिप्पणी छ ।
योजना बनाउने तर कार्यान्वयनमा खासै ध्यान नदिने हाम्रो पुरानै परम्परा हो । तसर्थ सरकारले १६ औं योजनलाई परिणममुखी बनाउन १५ औं योजनाको बस्तुनिष्ट र परिणाममुखी विश्लेषण गर्नुपर्ने जरुरी छ । किन की अबको तीन वर्ष अर्थात २०२६ सम्म नेपाल अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुँदैछ । एलडीसीमा स्तरोन्नती भएपछि नेपालले निर्यातमा पाउँदै आएको सहुलियत लगायतका थुप्रै सुविधाहरु समेत गुम्ने छ । यसलाई पनि सरकारले योजना निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया