खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा नेपालको लगातार चौंथो जित

हिमालय टिभी
२०८० कार्तिक ६ गते १५:१६
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा नेपालको लगातार चौंथो जित

६ कात्तिक २०८० काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा नेपालले लगातार चौथो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९ दशमलब २ ओभरमा पूरा गर्यो । नेपालका पहिलो क्रमका ब्याटरहरु नचल्दा धर्मराएको खेलमा आशिफ शेखले सर्वाधिक ६२ रन बनाए ।

कप्तान रोहित पौडेल ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरी ४० रनमा नटआउट रहे । यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५–४५ रन बनाए । नेपालका सोमपाल कामी र अविनाश बोहोराले २–२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक–एक विकेट लिए ।

एक खेल अगावै फाइनलमा पुगिसकेको नेपालले युएई र हङकङबीचको विजेतासँग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्