Main News

वायुसेवा निगमद्वारा नयाँ जहाज किन्न बोलपत्र आह्वान

हिमालय टिभी
२०८० कार्तिक ५ गते १३:३८
वायुसेवा निगमद्वारा नयाँ जहाज किन्न बोलपत्र आह्वान

५ कात्तिक २०८० काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ ।

निगमद्वारा आज सार्वजनिक सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ सम्म छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको शेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको बताउनु भएको थियो ।

निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *