Main News

इजरायलमा ज्यान गुमाएका तीन नेपालीको शव नेपाल ल्याइयो

हिमालय टिभी
२०८० कार्तिक ५ गते १३:३४
इजरायलमा ज्यान गुमाएका तीन नेपालीको शव नेपाल ल्याइयो

५ कात्तिक २०८० काठमाडौं । इजरायलमा मृत्यु भएका मध्ये तीन नेपालीको शव काठमाडौं ल्याइएको छ ।

प्यालेष्टाइनी लडाकु समुह हमासको आक्रमणमा परि मृत्यु भएका दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव बिहान काठमाडौं ल्याइएको हो । नारायणप्रसाद न्यौपानेको शव भने राति नै ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

धामी र विष्टको शव पनि शिक्षण अस्पतालमै लगिएको छ । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ । चारवटै शव दिउँसो दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल ल्याइएका शवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पहिलो चरणमा इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रियापछि नेपाली दूतावासलाई बुझाएसँगै शव हिजो नेपाल पठाइएको थियो । अक्टोबर ७ तारिखमा हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

इजरायलको तेलअबिबस्थित नेपाली दूतावासले बाँकी ६ शवको पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको जनाएको छ । आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि भए पनि विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *