Main News

हत्यारा रिहा गर्ने राष्ट्रपतिबाट किन लगाउने टीका ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक ५ गते ६:४४
हत्यारा रिहा गर्ने राष्ट्रपतिबाट किन लगाउने टीका ? (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०८० काठमाडौं । राणाकालनमा राजाले दशैँमा टीका लगाइदिने चलन सुरु गरे । राजाको पालादेखि चलेको चलन अहिले गणतन्त्रमा पनि जारी छ ।

राष्ट्रपतिको सवारीमा हुने ठूलो लावलस्करको परम्परा तोड्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले यो परम्परा तोड्न सक्नुभएन । बरु आफै विवादको चौघेरामा रहँदा टीका लगाइदिन तयार हुनुभएको छ । संविधान दिवसको अवसरमा ज्यान मार्ने उद्योगमा जेल जीवन बिताइरहेका कैदीको कैद मिनाहा गरेर जनआक्रोश चुलिइरहँदा राष्ट्रपतिले कुन खुसीमा सर्वसाधारणलाई टीका लगाइदिँदै हुनुहुन्छ भनेर टिप्पणी हुन थालेको छ ।

गत असोज ३ गते राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लगेर एक महिलाको हत्या गरे । असल चालचलन देखाएको भन्दै कैद मिनाहा गरिएका व्यक्तिले बाहिर निस्किएर हत्या गरेपछि उनी अहिले प्रहरीको नियन्त्रणामा छन् ।

लोकेन्द्र दोषी त हुन् । तर उनीमा असल चालचलन देख्ने जेलर, सरकार र रिहा गर्ने राष्ट्रपति मुख्य दोषी हुन् । विवेकको प्रयोग गरेको भए न लोकेन्द्र बाहिर निस्कन्थे न हत्या हुन्थ्यो । तर, राष्ट्रपतिको एक गल्तीले एउटा परिवारको खुसी लुटेको छ । तर, यसबारे राष्ट्रपति रामचन्द्र पौडेललाई कुनै परवाह छैन । हत्याराको हात रगतले लत्पतियो होला तर के राष्ट्रपति संस्था यसको भागेदार होइन रु के राष्ट्रपति पौडेलले यसको जिम्मेवारी लिनुपर्दैन ? तर, यी तमाम प्रश्नको उत्तर दिन नसक्ने राष्ट्रपति पौडेल भने दसैँमा सर्वसाधारणलाई टीका लगाइदिन दंग पर्नुभएको छ ।

राष्ट्रपति भनेको देशको अभिभावक हो । संविधानको संरक्षक हो । तर, अभिभावकले गरेको गल्तीले तमाम नागरिक त्राहिमामको अवस्थामा बस्नुपर्दा कुन खुसीमा राष्ट्रपतिको हातबाट टीका लगाउने ? आफुले रिहा गरेका एक व्यक्तिले फेरि हत्या गरेको भन्ने सामाचार बाहिरिँदा पनि राष्ट्रपति टीका लगाउन कसरी तयार हुनुभयो ? के नैतिकता भन्ने हुँदैन ?

हुन त राष्ट्रपति पौडेललाई यी विषयले रत्तिभर छोएको छैन । संविधानको रक्षा गर्ने भन्दै बनेको सत्ता गठबन्धनबाट राष्ट्रपति चुनिनुभएका पौडेल गठबन्धन जस्तै संविधानको रक्षा गर्न पटकपटक चुक्नुभएको छ । आममाफी दिँदा ५० प्रतिशत पनि कैदी जीवन नबिताएकालाई रिहा गरेसँगै पौडेलले राष्ट्रपति संस्थालाई सर्वोच्च अदालतको कठघरामा उभ्याउनुभएको छ ।

गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट हत्या अभियोगमा जेल सजाय काटिरहेका योग ढकाल उर्फ रिगलको साठी प्रतिशत बांकी कैद मिनाहा गरिदिँदा पीडितकी श्रीमती काठमाडौँमा धर्ना दिइरहेकी छिन् । तर, राष्ट्रपति भने यी कुरालाई गौण मान्दै नागरिकलाई टीका लगाइदिन लाग्नुभएको छ ।

कैद मिनाहा गर्न पठाएको नाममा राष्ट्रपतिले ३४ जनाको नाम फिर्ता पठाउँदा रिगल र लोकबहादुर बिक जस्ताको रिहाइले समाजमा डर पैदा गरेको छ । लोकबहादुरले त फेरि हत्या गरिसके, यसरी नै रिहा भएका रिगलहरूबाट पीडित परिवार के सुरक्षित रहन सक्लान् त रु शान्ति सुरक्षामाथि नै प्रश्न उठीरहँदा राष्ट्रपतिज्यू, कुन आधारले तपाई टीका लगाइदिन तयार हुनुभयो रु हत्यारासँगै तपाईको हातमा पनि पोतिएको रगतको दागबाट मुसिएको अक्षताबाट कुन आधारमा आशिर्वाद ग्रहण गर्न नागकि राष्ट्रपति कार्यालय पुग्ने रु जसले सर्वोच्च अदालतको कठघरामा राष्ट्रपति जस्तो गरिमामय संस्थालाई उभ्यायो, त्यो संस्थाको संरक्षक तपाईबाट कुन खुसीमा टीका लगाउने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *