Main News

अनुगमनको लहर, भएन उपभोक्तालाई सहज (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक ३ गते १८:०५
अनुगमनको लहर, भएन उपभोक्तालाई सहज (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०८० मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जस्ता नियामक निकायले हेटौंडामा बजार अनुगमन गरेको छ ।

दशैँका बेला १२३ वटा फर्म तथा पसलको अनुगमन गरेको टोलीले बजार अनुगमनमा अनियमिमता भेटिए पनि कारवाही नगरेको उपभोक्ताको गुनासो छ । प्रभावकारी अनुगमन नहुँदा उपभोक्ता ठगिने क्रम भने रोकिएको छैन ।

अनुगमनमा ७० वटा फर्म तथा पसललाई सुझाव दिएको अनुगमन टोलीले ९८ हजार ८ सय ६२ रुपैँया बराबरको सामान जफत तथा नष्ट गरेको छ । तर खाद्यान्न पसलहरुमा मुल्यसूची भेटिएन । व्यापारीले आफुखुसी राखेको मुल्यमा उपभोक्ताहरु सामान खरिद गर्न अझै बाध्य छन् ।

दशैंका बेला बढी खपत हुने मासु बिक्री वितरण हेटौंडामा भद्रगोल छ । १० वटा मासु पसलमा अनुगमन गर्दा कैफियत भेटिए पनि अनुगमनकारी निकाय सुझाव दिएर फर्किएका छन ।

चाडपर्वको समयमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तु, लत्ता कपडाको बढी खपत हुने गर्दछ । चाडपर्वका बेला यसमा व्यापारीले कालोबजारी गर्ने गरेका छन । तर स्रोत साधनको अभाव देखाएर अनुगमनका नाममा झारा टार्ने प्रशासनको व्यवहारले उपभोक्ता मारमा परिरहेकै छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *