Main News

एनआरएनए अध्यक्षमा डा. बद्री केसी निर्वाचित, धाँधली भएको पराजित पक्षको आरोप

हिमालय टिभी
२०८० कार्तिक ३ गते १३:०९
एनआरएनए अध्यक्षमा डा. बद्री केसी निर्वाचित, धाँधली भएको पराजित पक्षको आरोप

३ कात्तिक २०८० काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएको घोषणा भएसँगै विवाद भएको छ ।

अध्यक्षमा पराजित उम्मेदवारले सिस्टम ह्याकको आरोप लगाउँदै निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । केसी १ हजार ३७८ मतसहित विजयी भएको घोषणा गरिएको थियो ।

अध्यक्षका अन्य प्रत्यासी आरके शर्माले १ हजार २८१ र महेश श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । महासचिवमा केसी पक्षकै गौरीराज जोशी निर्वाचित हुनुभयो ।

यस्तै उपाध्यक्षमा हेमराज शर्मा, रोबिन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ तथा उपमहासचिवमा सोम सापकोट र प्रविण गुरुङ निर्वाचित हुनुभएको छ । विदेशमा रहेका प्रतिनिधिलाई समेत अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

एनआरएनएमा ७४ पदका लागि १२० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको थियो ।

महासचिवका एक उम्मेदवार केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि मत परिणाममाथि शंका उब्जिएको हो ।
यसैबीच अनलाइनमार्फत् भएको भोटिङमा पौडेलको मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्यतथ्य बुझ्ने प्रक्रिया थालेको छ ।

अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *