Main News

बीआरआईबारे यस्तो छ चीनको ८ बुँदे कार्ययोजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १ गते १७:४९
बीआरआईबारे यस्तो छ चीनको ८ बुँदे कार्ययोजना (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०८० काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको तेस्रो फोरमको आज बेइजिङमा उद्घाटन भएको छ ।

विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सी जिन पिङ्ले बीआरआई परियोजनाको मुख्य आठ विषय प्रस्तुत गर्दै उद्घाटन गरेका हुन् । सीले सिल्क रोडदेखि भूपरिवेष्टितबाट भू–जडित परियोजनालाई विश्वव्यापी बनाउने लक्ष्यमा अघि बढ्ने योजना अघि सारेका छन् ।

चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईसँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा सुरु भएको छ ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना विस्तार र यसको कार्यान्वयन बृहत बनाउनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन् । उनले चीनदेखि युरोपको रेल निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि नयाँ ढुवानी कोरिडोर निर्माण गर्ने बताएका छन् ।

के हुन् चिनियाँ राष्ट्रपतिले अघि सारेका ८ बुँदे कार्ययोजना ?
१. युरोप र एसियामा ढुवानीका लागि कोरिडोर बनाउने
२. अधिक स्वतन्त्र व्यापार तथा लगानी सम्झौता सहितको सिल्क रोड विद्युतीय वाणिज्य क्षेत्र बनाउने
३. चिनियाँ विकास बैंकबाट ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रतिवद्धता
४. हरित विकासको प्रवर्द्धनका लागि विकसित मुलुकका १ लाख मानिसलाई तालिम प्रदान गर्ने
५. विज्ञान तथा यान्त्रिक बौद्धिकताको विकास
६. सांस्कृतिक आदानप्रदानका साथै पर्यटकीय सहकार्य उल्लेख
७. पारदर्शिता सहितको सहकार्य
८. बीआरआई सम्बद्ध संस्था र सचिवालय गठन गर्ने

चिनियाँ राष्ट्रपति सीले सिल्क रोड पर्यटक प्रवर्द्धनका लागि पर्यटकीय गठबन्धन बनाउने घोषणा गरेका छन् । यस्तै हरित विकासको प्रवर्द्धनका लागि विकसित मुलुकका १ लाख मानिसलाई तालिम प्रदान गर्ने उनको घोषणा छ ।

वार्षिक रुपमा विद्युतीय व्यापार महोत्सव आयोजना गरिनेछ । आगामी पाँच वर्षभित्र बीआरआईमार्फत वाणिज्य व्यापार ३२ खर्ब र सेवा व्यापार ५ खर्ब पुर्‍याउने लक्ष्य लिइएको छ । एआईको लोकप्रियता र चुनौती बढिरहेको अवस्थामा सीले यसको विकास र अनुसन्धानका लागि बीआरआईमा सहकार्य गर्ने मुलुकहरुमा अनुसन्धानका लागि प्रयोगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

विश्वको कुल गाह्रस्थ उत्पादनमा ५० प्रतिशत हिस्सा योगदान गर्ने १ सय ४५ मुलुकले बीआरआईमा हस्ताक्षर गरेका छन् । बीआरआईको सबैभन्दा ठूलो परियोजना चीन–पाकिस्थान आर्थिक कोरिडोर हो ।

६० अर्ब अमेरिकी डलर बराबर लगानी गरेको छ । श्रीलंकाको हमनटोटाको उदाहरण दिँदै चीनले ऋण पासोमा पार्नेगरेको भन्दै धेरै विज्ञहरुले बीआरआईको आलोचना हुँदा नेपाल पनि सशंकित छ भने अहिलेसम्म बीआरआईबारे नेपालले खुलेर प्रस्तुत हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *