Main News

पूर्वराजालाई पार्टी खोलेर चुनाव लड्न अध्यक्ष नेपालको चुनौती

हिमालय टिभी
२०८० कार्तिक १ गते १३:४८
पूर्वराजालाई पार्टी खोलेर चुनाव लड्न अध्यक्ष नेपालको चुनौती

१ कात्तिक २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिनुभएको छ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पूर्वराजाप्रति इंकित गर्दै त्याग, तपस्या र बलिदान गरेको व्यक्ति भए पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिनुभएको हो ।

कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो । प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने पनि जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने भन्दै गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *