Main News

रास्वपाको नीति मन्थन : अब नीतिमा प्रष्ट होला त रास्वपा ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ३० गते २०:५२
रास्वपाको नीति मन्थन : अब नीतिमा प्रष्ट होला त रास्वपा ?(भिडियो रिपोर्टसहित)

३० असोज २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको नीति बनाउन जनताको सुझाव र विज्ञहरुको राय संकलन गरेको छ । असोज पहिलो साता नागरिकको राय लिएको रास्वपाले सोमबार र मंगलबार काठमाडौंमा नीति मन्थन गर्‍यो । के अब रास्वपा नीतिमा प्रष्ट होला त ?

पार्टी स्थापनाको डेढ वर्षपछि नीतिगत रुपमा स्पष्ट हुन खोजिरहेको रास्वपाले दुई दिन नीति मन्थन गर्यो । चुनावपछि नीति, कार्यक्रम बनाउने गरी होइन, नीति कार्यक्रम चुनावअघि नै तर्जुमा गर्ने रास्वपाको तयारी छ ।

जसअनुसार असोज ३ मा पहिलो चरणको जनआवाज सुन्ने काम गरेको रास्वपाले असोजको अन्तिम हप्ता विज्ञहरुसँग छलफल गर्यो । अब रास्वपा जनताबाट आएका सुझाव र विज्ञहरुको रायका आधारमा दस्तावेजमै प्रष्ट हुने गरी जुटेको छ । त्यसमा लागि नीति मन्थन उपयोगी भएको नेताहरुको दाबी छ ।

रास्वपा अहिले संसदको चौथो ठूलो दल हो । वैकल्पिक दलका रुपमा उदाएको रास्वपाको नीति के हो रु भन्नेमा चाहीँ अझै प्रष्ट छैन । गत जेठमा रास्वपाको नीति तथा विचार विभागले ‘नयाँ युगको संकल्प’ दस्तावेज तयार पारेको थियो । तर, ३९ केन्द्रीय सदस्य र २१ सांसद रहेको रास्वपामा अधिकांश सदस्यले दस्तावेजमा असन्तुष्टि जनाएका थिए । दश वर्षसम्म दलको सदस्य नभएको व्यक्तिलाई राष्ट्रपति बनाउने, उपराष्ट्रपति खारेज, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संख्या घटाउने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, १५ सदस्य मन्त्री, प्रदेश खारेज, प्रदेश गभर्नर कायम, संवैधानिक परिषद् खारेज, राइट टु रिजेक्ट र राइट टु रिकलजस्ता विषय दस्तावेजमा थिए ।

जुन विषयले पार्टीभित्र विवाद भयो । त्यसपछि नीतिगत छलफलमा रास्वपाले जुटेन । सोही कारण पुराना दलका कतिपय नेताले त कुनै नीति नै नभएको पार्टीलाई मत दिएकोमा मतदाताको विवेकमाथि समेत प्रश्न उठाए । रास्वपा अब यीनै प्रश्नको जवाफ दिनेगरि दस्तावेज निर्माणको अन्तिम तयारीमा पुगेको हो ।

शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र, शिक्षा, नयाँ प्रविधि र युवा, भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन, अर्थतन्त्रल गायतका विषयमा रास्वपाले गहन छलफल गरेको छ । नागरिक र विज्ञहरुबाट आएका राय समेटेर रास्वपाले पार्टीको आगामी मार्गचित्र कोर्नेछ । विधान अनुसार रास्वपाले मंसिरमा महाधिवेशन गर्नुपर्ने हुन्छ । त्यसअघि नै दस्तावेज तयार गरिसक्ने रास्वपाको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *