एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध
२९ असोज २०८० काठमाडौं । मधेश प्रदेशसभा बैठक नेकपा एमालेका सांसदले अवरुद्ध गरेका छन् ।
प्रदेश सरकारले मनोमानी गरेको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।
सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको आरोप लगाउनुभयो।
उहाँले मुख्यमन्त्रीले १५ दिनको समय मागेपनि महिनौ बितिसक्दा पनि चासो नदिएको भन्दै सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
उठेर विरोध गरिरहेका एमाले सांसदहरुलाई बस्न सभामुख मण्डलले पटक पटक आग्रह गर्नुभएको थियो । तर, मुख्यमन्त्री वा सरकारबाट जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने भनेपछि सभामुख मण्डलले बैठक स्थगित गर्नुभएको थियो ।
प्रतिक्रिया