Main News

अधिकारीलाई सेनापति बनाउने प्रचार गलत भएको रक्षामन्त्री खड्काको दाबी

हिमालय टिभी
२०८० असोज २९ गते १३:४४
अधिकारीलाई सेनापति बनाउने प्रचार गलत भएको रक्षामन्त्री खड्काको दाबी

२९ असोज २०८० काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सहायक रथी यमबहादुर अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रममा रक्षामन्त्री खड्काले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो भएको बताउनुभयो ।

उहाँले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको दाबी गर्नुभयो ।

उहाँले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह समेत गर्नुभयो । सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने रक्षामन्त्री खड्काको भनाइ थियो ।

सरकारले यही असोज १ गतेदेखि अवकाशमा जान लागेका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको तीन वर्ष पदावधि थपेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *