आजदेखि दसैँका लागि टिकट बुकिङ खुला
२२ असोज २०८० काठमाडौं । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ।
दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो। गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरु भाडा नबढाइ आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए।
कालोबजारीमा टिकट बिक्री नहोस् भनेर यातायात व्यवस्था विभागले कडा अनुगमन थालिने जनाएको छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गरिने विभागले जनाएको छ।
विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।
निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेकाले ढिलाइ गरेको व्यवसायीहरुको तर्क छ ।
प्रतिक्रिया