बीआरआई परियोजना छिटो कार्यान्वयन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

२१ असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यतालिका बनाएर बीआरआई परियोजना छिटो कार्यान्वयन गर्ने दावी गर्नुभएको छ ।
नेपाल–चीन फ्रेण्डसिप फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बीआरआईलाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताउनुभएको हो ।
चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
उहाँले नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको तर्क गर्नुभयो । यद्यपि वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेकोमा समेत जोड दिनुभएको थियो ।
प्रतिक्रिया