Main News

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

हिमालय टिभी
२०८० असोज २१ गते १४:३२
प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

२१ असोज २०८० काठमाडौं । बेलायती सेना प्रमुखको निमन्त्रणमा प्रधान सेनापति प्रभुराम शर्मा आज लण्डन प्रस्थान गर्नुभएको छ ।

प्रधानसेनापति शर्मा बेलायतका सेना प्रमुख प्याट्रिक सन्डेर्सको निमन्त्रणमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई बलाधिकृत रथी सरोजप्रताप राणा लगायतको टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेको थियो ।

बेलायतमा रहँदा प्रधानसेनापति शर्माले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नुहुनेछ । त्यस्तै उहाँले बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग भेटवार्ताको कार्यक्रम रहेको छ ।

उहाँले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डरसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुभएको छ । शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *