Main News

गण्डकी प्रदेशका चार वटै संसदीय समितिका सभापति निर्विरोध

हिमालय टिभी
२०८० असोज २० गते १६:३१
गण्डकी प्रदेशका चार वटै संसदीय समितिका सभापति निर्विरोध

२० असोज २०८० कास्की । गण्डकी प्रदेशसभाको चार वटै संसदीय समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

समितिहरु ३० साउनमै बनेका थिए, तर त्यसको झण्डै दुई महिनापछि सभापतिहरु चयन भएका हुन् । प्रमुख दलहरुबीच नेपाली कांग्रेसले २ र नेकपा एमाले र माओवादी केन्द्रले एकएक वटा समितिको सभापति भएको थियो ।

सहमतिअनुसार कांग्रेस र माओवादीले सभापतिको उम्मेदवार टुंगो लगाएपनि एमालेले निर्णय नगर्दा अड्किएको थियो । एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश अधिवेशन सकिएपछि समिति सभापतिका लागि निर्वाचन गर्न आग्रह गरेका थिए ।

लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेलको उम्मेदवारी परेको छ । अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ ।

सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको छ । नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेर आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *