Main News

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

हिमालय टिभी
२०८० असोज २० गते १३:२४
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२० असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

भेटमा कोशी प्रदेश सरकार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शिक्षा विधेयक तथा देशका विभिन्न स्थानमा भइरहेका सामाजिक सद्‌भावविरोधी घटनाका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *