Main News

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

हिमालय टिभी
२०८० असोज २० गते १३:१९
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

२० असोज २०८० मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुुहुन्छ ।

अहिलेकेहीबेरमा बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वाससको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । संविधानको धारा १६८ को ३ अनुसार बनेको कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना छैन।

कांग्रेस–माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारसँग विश्वासको मत सामना गर्ने र राजीनामा दिने दुई वटै विकल्प रहेको बताउँदै परिस्थिति हेरेर अघि बढ्ने बताउनुभयो। सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ ।

भण्डारीले उपधारा ५ अनुसार नेतृत्वमा एमालेले पनि दाबी गर्ने बताउनुभयो। कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ । कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले संवैधानिक व्यवस्था फरक भए पनि सांसद दलीय भएका कारण उपधारा ५ मा गठबन्धन दलको निर्णय अनुसार अगाडि बढ्ने बताउनुभयो। यसअघि दुई पटक कांग्रेसले नेतृत्व गरेका कारण यो पटक आफूले पाउनुपर्ने माओवादीको अडान छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई लिखित आग्रह गर्नुभएको छ । कार्कीले सबै दललाई पत्र पठाएर मत माग्नु भएको हो ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखविहीन भएको प्रदेशमा एमालेसँग कार्यबहाक सभामुख बाहेक ३९ जना सांसद छन् ।

कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ । राप्रपाका ६ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *