Main News

तीन वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

हिमालय टिभी
२०८० असोज १७ गते १७:०७
तीन वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

१७ असोज २०८० काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकले पाउने भएका छन्।

नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसायन विधामा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

उनीहरूले क्वान्टम डटको खोजी र संश्लेषण गरेका थिए। क्वान्टम डट भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्।

विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ । तीनै जना वैज्ञानिक अमेरिकामा कार्यरत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *