Main News

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

हिमालय टिभी
२०८० असोज १७ गते १७:०१
भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

१७ असोज २०८० काठमाडौं । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

आज विद्युतीय सिगरेट भेप मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २०७९ साल माघ २९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो । चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो।

पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए। चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ। सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा छन्। तर सुन ल्याउने दावा जिन भने नेपालमा अनुसन्धान सुरु भएपछि चीन फर्किएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *