Main News

कोशीलाई मध्यावधिमा नधकेल्न अध्यक्ष ओलीको आग्रह

हिमालय टिभी
२०८० असोज १७ गते १६:५८
कोशीलाई मध्यावधिमा नधकेल्न अध्यक्ष ओलीको आग्रह

१७ असोज २०८० काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधिमा नधेकल्न प्रदेश केन्द्रित राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिले मध्यावधिमा जानु उचित नभएको टिप्पणी गर्नुभएको हो । अहिलेको अवस्थामा मध्यावधि भएमा राज्यलाई आर्थिक भार थप्ने उहाँको तर्क छ ।

एमाले जुनसुकै बेला जस्तोसुकै चुनावबाट भाग्ने र नहच्किने दावी गर्दै अध्यक्ष ओलीले मध्यावधि चुनाव भए एमालेले बढी सिट जित्ने दावी गर्नुभयो ।

फरक प्रसंगमा अध्यक्ष ओलीले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको टिप्पणी गर्नुभयो । कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम नहुने भन्दै अध्यक्ष ओलीले देशलाई द्वन्द्वतर्फ लग्ने कार्य किमार्थ सह्य नहुने चेतावनी दिनुभयो ।

देशलाई हिन्दू राष्ट्र घोषणाका लागि धार्मिक द्वन्द्व बढेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले संसदको दुई तिहाईले गर्ने काम विद्वेष र द्वन्द्व फैलाएर नहुने तर्क गर्नुभयो ।

धार्मिक, साम्प्रदायिक अतिवाद रोक्न अध्यक्ष ओलीले सरकारलाई संवेदनशील हुन सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *