Main News

कोशी प्रदेशसभाको चौथो अधिवेशन शुरु हुँदै

हिमालय टिभी
२०८० असोज १७ गते १३:१५
कोशी प्रदेशसभाको चौथो अधिवेशन शुरु हुँदै

१७ असोज २०८० मोरङ । कोशी प्रदेशसभाको चौथो अधिवेशन आज शुरु हुँदैछ ।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन केहीबेरमा बस्ने छ ।

प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो । २०७९ पुस १७ मा कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभाको हालसम्म तीन वटा अधिवेशन सकिएको छ । यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । भदौ २२ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *