Main News

बालकको मृत्युपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

२०८० असोज १७ गते १३:१२
बालकको मृत्युपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

१७ असोज २०८० धादिङ । ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिनुभयो ।

राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो ।

बाटो काट्ने क्रममा सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठका छोरा सन्जिवको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध बनाएका थिए । उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।

मृतकको परिवारलाई क्षतिपूर्ति र चालकलाई हदैसम्मको कारबाही गर्ने आश्वासन पछि ४ घन्टा देखि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालमा आएको हो । मृतक बालकको शव पोस्टमार्टम गर्न गजुरी पुर्‍याइएको छ ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *