Main News

मलेखुमा ट्रकको ठक्करबाट दुई जना बालकको मृत्यु, दुईतर्फी सडक अवरुद्ध

२०८० असोज १७ गते १०:३३
मलेखुमा ट्रकको ठक्करबाट दुई जना बालकको मृत्यु, दुईतर्फी सडक अवरुद्ध

१७ असोज २०८० धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना स्कुले बालकको मृत्यु भएको छ ।

सिद्दलेक गाउँपालिका–६ का राजकुमार श्रेष्ठको छोरा निर्मल श्रेष्ठ र उद्धव श्रेष्ठका छोरा संजिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

दुर्घटनापछि स्थानीयले क्षतिपुर्तिको माग गर्दै शव उठाउन मानेका छैनन् । पृथ्वीराजमार्गको मलेखु क्षेत्र अवरुद्ध गराएका छन् । ट्र्क चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *