Main News
यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान
२०८० असोज १६ गते १६:३३

१६ असोज २०८० काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले पाउने भएका छन् ।
नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिएलाई पुरस्कृत गर्न लागिएको हो ।
विजेताहरूले संयुक्त रूपमा एक करोड स्वीडिश क्रोनर आठ लाख अमेरिकी डलर पाउने छन् ।
यसअघि सोमबार नोबेल पुरस्कार समितिले चिकित्साशास्त्रतर्फ कोभिड–१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने दुई वैज्ञानिकलाई सम्मानित गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया