Main News

सरकार नालायक र भ्रष्टहरुको संरक्षक बनेको ओलीको आरोप

हिमालय टिभी
२०८० असोज १६ गते १५:५०
सरकार नालायक र भ्रष्टहरुको संरक्षक बनेको ओलीको आरोप

१६ असोज २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार, राष्ट्रपति र मन्त्रीहरुको चर्को आलोचना गर्नु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा विषेश समय लिएर झण्डै २ घण्टा सम्बोधन गर्नु भएका ओलीले यो सरकार नालायक र भ्रष्टहरुको संरक्षक भएको बताउनु भयो । उहाँले सरकारले ललिता निवास र सुन तस्करीमा आफ्ना नेता र गठबन्धनका नेतालाई जोगाउने सरकार नै भ्रष्टाचारी भएको टिप्पणी गर्नु भयो ।

ओलीले गठबन्धन सरकारले अदालतको मर्यादामाथि निरन्तर प्रहार गरिरहेको बताउनुभयो । न्यायालयलाई गठबन्धनको विभाग बनाउने सपना नदेख्न उहाँले सरकारलाई चेतावनी पनि दिनुभयो ।

गत चुनावमा स्याङ्जामा बुथ कब्जामा सघाउने अधिकृतलाई न्यायाधीश बनाइएको भन्दै उहाँले पितृको नाममा अरबमा भएका मानिसको नाममा चुनाव गराउन सहयोग गर्ने मान्छे न्यायाधीश भएपछि त्यस्ताबाट कस्तो न्यायको अपेक्षा गर्ने भन्ने प्रश्न समेत उहाँले गर्नुभयो ।

अध्यक्ष ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको आरोप लगाउनुभयो । सरकारले राष्ट्रपतिलाई खोपीको राजा बनानउ लागेको पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *