Main News

कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

हिमालय टिभी
२०८० असोज १६ गते १५:४७
कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

१६ असोज २०८० काठमाडौं । कैद सिजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भए पनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

आफ्ना श्रीमानका हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आउनुभएको थियो । आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर फेरि कैदमा पठाउन माग गरिएको छ ।

ढकालले २०७२ असार २९ मा नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो । घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *