Main News

विभिन्न मागसहित स्थानीय तहका कर्मचारीको प्रदर्शन

हिमालय टिभी
२०८० असोज १६ गते १३:२०
विभिन्न मागसहित स्थानीय तहका कर्मचारीको प्रदर्शन

१६ असोज २०८० काठमाडौं । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन आज दोस्रो दिन पनि जारी राखेका छन ।

उनीहरुले काठमाडौंको माईतीघरमा संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी प्रदर्शनमा उत्रिएका हुन ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका कर्माचारीले सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् ।

सङ्घर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद लगाउन नहुने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *