Main News

धार्मिक सद्भाव भड्किन नदिन नेपालगञ्जमा कर्फ्यु आदेश जारी

हिमालय टिभी
२०८० असोज १६ गते १३:०३
धार्मिक सद्भाव भड्किन नदिन नेपालगञ्जमा कर्फ्यु आदेश जारी

१६ असोज २०८० बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा कर्फ्यु लगाएको छ ।

हिन्दू र मुस्लिम समुदायबीच तनाव हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सद्भाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सद्भाव र्‍यालीसमेत निकालिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो ।

यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *