Main News

तीनकुने हत्या प्रकरण: प्रश्नको घेरामा प्रहरी अनुसन्धान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १५ गते २०:५१
तीनकुने हत्या प्रकरण: प्रश्नको घेरामा प्रहरी अनुसन्धान (भिडियो रिपोर्टसहित)

१५ असोज २०८० काठमाडौं । काठमाडौंको तीनकुने सामुहिक हत्यकाण्डका आरोपी सञ्जय भण्डारीले दिएको बयानले घटनाको अुनसन्धान नै जटिल बन्दै गएको छ ।

त्यतिमात्र होइन, आरोपीको बयान र प्रहरी अनुसन्धानमै केही प्रश्न उब्जिएको छ । भण्डारीले प्रहरीसँग अरु पनि हत्यामा आफू संलग्न रहेको बताएपछि प्रहरी अनुसन्धान परिपक्व नदेखिएको टिप्पणी हुन थालेका छन् ।

गत भदौ २९ गते काठमाडौंका तीनकुनेमा रहेको दिव्य सःमिलमा एकै परिवारका तीन जना र अर्का एकजनाको हत्या भयो । घटना भएलगतै जानकारी दिन प्रहरी कार्यालय पुगेका दिपेन्द्र राई नियन्त्रणमा परे । त्यसको चौबिस घण्टामै प्रहरीले आरोपी सञ्जय भण्डारीलाई पक्राउ गर्यो र राईलाई छोड्यो ।

दिपेन्द्र राईका भाइ नविन भनिने विशाल राईसहित सःमिलमा चौकीदार रहेका पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, पूर्णबहादुरकी आमा शुभद्राको हत्या भएको थियो । सीसीटिभी फुटेजका आधारमा प्रहरीले सञ्जयलाई पक्राउ गर्यो । रोचक के छ भने भण्डारी र राईबीच मोटरसाइकलले धक्का दिएपछि विवाद भएको भनिएको छ, तर सडकमा भेटिएका भनिएका नविन बस्ने स्थान नै आरोपी सञ्जयले देखेको भनिएको छ । यसमा केही प्रश्नहरु उब्जिएका छन् ।

प्रश्न १
चावहिलमा मोटरसाइकलले धक्का दिएपछि कुटपिटमा उत्रिएको भनिएका नविनलाई आरोपी सञ्जयले कसरी चिने ?

प्रश्न २
नविन बस्ने सःमिलको स्थान कसरी पत्ता लगाए रु अझ नविन बस्ने कोठाभित्रै सञ्जय कसरी पुगे ?

यहाँ सिन्धुपाल्चोक घर भएका सञ्जय पेप्सिकोला बस्थे, उनी अध्ययन गर्ने नक्साल तर, दुर्घटना चाबहिलमा भयो । त्यसपछि पनि नविनसँग सञ्जयको पटक–पटक भेट भएको भनिएकोछ । मोटरसाइकल ठक्करमा चिनिएको भनिएका नविनले पक्कै हेलमेट लगाएका थिए होलान । नविनका दाइ दिपेन्द्रका अनुसार उनले मोटरसाइकल नै चलाउन जान्दैन थिए । बयानलाई नै आधार मान्ने हो भने दुर्घटनाको तीन महिनापछि सञ्जय नविन बस्ने तीनकुने भित्रि सडकमा रहेको सःमिलमा कसरी पुगे रु त्यतिमात्र होइन, नविन बस्ने कोठामै पुगेको बयानमा उल्लेख छ ।

प्रश्न ३
नविनको कोठामै पुगेका सञ्जयले कसरी आक्रमण गर्न सके रु

जबकी बयानमा नविनले आफूलाई पटक–पटक कुट्ने गरेको भण्डारीले बताएका छन् । घटनाको प्रकृति हेर्दा सञ्जय र नविनबीच कुनै हातपायी भएको छैन ।

प्रश्न ४
सुरक्षा गार्ड भुजेलको परिवारलाई नै एक–एक गरेर कसरी हत्या गर्न सकेत सञ्जयले रु २३ वर्षका सञ्जय कति बलियो थिए त रु

यस्ता धेरै प्रश्नहरु यो घटनाले उठाएको छ । यतिमात्र होइन, विशेष शिक्षामार्फत कक्षा १२ सम्म पढेका बोल्न नसक्ने उनले प्रहरीसँगको बयानमा विगतमा आफूले ६ वटा हत्याकाण्डमा संलग्न भएको पनि भनेका छन् । आठ वर्षअघि अर्थात भूकम्पकाबेला सिन्धुपाल्चोकमै आफूले केही महिलाको हत्या गरेको सञ्जयको दाबी छ । उनी त्यसबेला १५ वर्षका मात्र थिए ।

त्यसपछि २०७७ सालमा लकडाउन घोषणा गरेको पहिलो साता गठ्ठाघर र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला किनारमा टाउको विनाको शव फेला परेको थियो, त्यो हत्या पनि आफैंले गरेको उनको दाबी छ । २७ जेठ २०७८ मा बौद्धमा बोह्रामा भेटिएको खुट्टा आफैंले व्यक्ति हत्या गरेको उनको जिकिर छ । यसरी हेर्दा उनको मानसिक स्वास्थ्यबारे प्रहरीले अनुसन्धान गरेको पाइदैन । प्रहरी अनुसन्धानमा उठेका प्रश्नको उत्तर खोज्न हामीले काठमाडौं जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता कुमोद ढुंगेललाई सम्पर्क गर्यौ । तर, यो विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने उहाँले बताउनुभयो । यता, पूर्वप्रहरी अधिकारी भने यो घटनामा प्रहरीले विस्तृत अनुसन्धान नै गर्नुपर्ने बताउँछन् ।

आरोपीको मानसिक स्वास्थ्य लगायतका बिषयमा पनि गहिरो अनुसन्धानको खाँचो रहेको प्रहरीका पूर्व अनुसन्धान अधिकृत बताउँछन् । आरोपित जन्मजात बोल्न नसक्ने व्यक्ति भएकाले उनको संकेत बुझ्न सक्ने विज्ञ पनिसंगै राखेर अनुसन्धान गर्नु पर्ने सुरक्षा विज्ञ बताउँछन् ।

आरोपीले अन्य घटनामा पनि आफ्नो संलग्नता स्वीकार गरेको घटना घटाएर हो या हालै भएको तीनकुने हत्याकाण्डको अनुसन्धानलाई अन्तै मोड्ने प्रयास भएको हो ? यो बिषयमा पनि प्रहरी अनुसन्धान केन्द्रित हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *