Main News

एमाले कर्णाली प्रदेश नेतृत्व चयनका लागि मतगणना आज

हिमालय टिभी
२०८० असोज १५ गते ८:०६
एमाले कर्णाली प्रदेश नेतृत्व चयनका लागि मतगणना आज

१५ असोज २०८० सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुँदैछ ।

गएराति सम्पन्न मतदानको आज मतगणना हुन लागेको हो । मतगणना बिहान ८ बजेदेखि शुरु हुँदैछ । कुल ६१६ मध्ये ६०९ मत खसेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।

उता एमाले कोशी प्रदेश कमिटिको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ। गएराति १० बजेदेखि सुरू भएको मतदान बिहान ५ बजे सकिएको थियो । ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणाि आचार्यले बताउनुभयो ।

अध्यक्षका प्रत्यासी विनोद ढकाल र घनश्याम खतिवडा प्यानल नैबनाएर होमिएका थिए । शुक्रबारदेखि सुरू भएको अधिवेशनले २१५ सदस्य नया नेतृत्व चयन गर्ने छन । मतगणना दिउँसो शुरु गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *