Main News

राष्ट्रसंघका यसपटक नेपाल देखिने गरी प्रस्तुत भएको प्रधानमन्त्रीको दाबी

हिमालय टिभी
२०८० असोज १४ गते १७:०४
राष्ट्रसंघका यसपटक नेपाल देखिने गरी प्रस्तुत भएको प्रधानमन्त्रीको दाबी

१४ असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको ७८ औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रश्तुत हुन सफल भएको मिलेको दाबी गर्नुभएको हो ।

आफ्नो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आज प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै उहाँले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न आफ्नो भ्रमण सफल भएको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको बताउनु भयो ।

उहाँले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार बिस्तार गर्ने विषयमा समेत बिस्तारपूर्वक छलफल भएको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि बताउनु भयो ।

संयुक्त राष्ट्रससंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० गते अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड असोज ६ गते त्यतैबाट चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । उहाँ शनिबार स्वदेश फर्कनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *