Main News

पशुपतिको जलहरी प्रकरणः भ्रष्टाचारको आरोपमा तीन जनाविरुद्ध मुद्दा

हिमालय टिभी
२०८० असोज १४ गते १६:५९
पशुपतिको जलहरी प्रकरणः भ्रष्टाचारको आरोपमा तीन जनाविरुद्ध मुद्दा

१४ असोज २०८० काठमाडौं । पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै पशुपति विकास कोषका सदस्य सचिवसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिका पूर्वसदस्य सचिव प्रदीप ढकाल, पूर्वकोषाध्यक्ष एवं हालका सदस्य सचिव मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीहरूले जलहरी राख्दा भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । पूर्वसदस्य सचिव ढकाल र हाल सदस्य सचिव थापा मिलेर एक किलो चारसय ४१ ग्राम सुन हालको मूल्य एक करोड १७ लाख एक हजार ७ सय ८१ रुपैयाँ ८५ पैसा बराबर हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

विशेष अदालतमा दर्ता भएको मुद्दामा दुवै जनाबाट एक करोड १७ लाख एक हजार ७ सय ८१ रुपैयाँ ८५ पैसा बिगो माग दाबी गरिएको छ । त्यसमा स्टोरकिपर श्रेष्ठ पनि संलग्न देखिएकोले त्यती नै बिगो माग गरिएको छ । सदस्य सचिव थापाले जलहरी प्रकरणमा एक पैसा पनि भ्रष्टाचार नगरेको बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *