Main News

सुन तस्करी छानबिन गर्न चार सदस्यीय आयोग गठन

हिमालय टिभी
२०८० असोज १४ गते १३:३२
सुन तस्करी छानबिन गर्न चार सदस्यीय आयोग गठन

१४ असोज २०८० काठमाडौं । सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउने गरी ४ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहने छन् ।

संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ। उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश हुनुभएको थियो ।

मन्त्रिपरिषद्ले असोज ५ गते नै आयोग गठन गर्ने निर्णय गरेको थियो । तर सरकार उदासिन भएको भन्दै नेकपा एमालेले सदननै अवरोध गर्ने चेतावनी दिएपछि सरकारले आकस्मिक मन्त्रिपरिषद बोलाएर आयोग गठन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *