Main News

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

हिमालय टिभी
२०८० असोज १३ गते १३:३१
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

१३ असोज २०८० सल्यान । सल्यानमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जीप सडकबाट तल खसेको थियो ।

दुर्घटनामा सल्यानकै शारदा नगरपालिका(१२ तिमिलेकी ७५ वर्षीया ध्रुवी बोहरा र शारदा(१५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा घाइते दुबै जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । छत्रेश्वरी गाउँपालिका(५ लेखपोखराबाट शारदा नगरपालिका( २ कागखोला तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *