Main News
बालक मृत भेटिएपनि सुर्खेत तनावग्रस्त
२०८० असोज १३ गते १३:२७

१३ असोज २०८० सुर्खेत । सुर्खेतमा ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए ।
मृत्यु शंकास्पद रहेको भन्दै बालकका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलका कारण वीरेन्द्रनगर बजार अशान्त छ । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन दिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले पनि घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताउनुभयो ।
प्रतिक्रिया