Main News

शुरु भयो सोह्र श्राद्ध

हिमालय टिभी
२०८० असोज १३ गते १३:२३
शुरु भयो सोह्र श्राद्ध

१३ असोज २०८० काठमाडौं । आफ्ना पितृहरुको सम्झनामा जल र अन्न दिएर गरिने सोर्‍ह श्राद्ध शुरु भएको छ । सोर्‍ह श्राद्धको पहिलो दिन आज तिथिघटबढका कारण प्रतिपदा र द्वितीया तिथिको श्राद्ध एकै दिन गरिन्छ ।

पितृहरुको सम्झनामा गरिने स्रोह श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औशीसम्म जारी रहन्छ । एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध नेपाली समाजमा प्रचलित छ ।

एक पक्षमा १५ तिथि हुने भए पनि आश्विन कृष्ण पक्ष औंसीका दिन भाद्रशुक्ल पूर्णिमाको दिन मृत्यु भएका पितृको पनि श्राद्ध गर्ने भएकाले १६ श्राद्ध हुन्छ । सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।

अघिपछिको श्राद्धमा एउटा मात्र जौ अथवा खीरको पिण्ड दिने गरिन्छ भने स्रोह श्राद्धमा सबै पितृका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ । स्रोह श्राद्धमा बुबा, हजुरबुबा र जिजुबुबा तथा मामाघरको हजुरबुबा, जिजुबुबा र बुढा जिजुबुबाको नाम उच्चारण गर्दै श्राद्ध गर्ने गरिन्छ ।

यो अवधिमा पार्वण श्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, गोकर्णेश्वर र शंखमूल, चितवनको देवघाट, नुवाकोटको वेत्रावतीलगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लागेको छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैं शुरु हुन्छ । हिन्दू धर्म अनुसार चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुपूर्व पितृको पूजा गर्ने परम्परा अनुरुप यो अवधिमा हरेकले पितृलाई दशै तिहारको नाममा भाग दिने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *