Main News

एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल विजयी

हिमालय टिभी
२०८० असोज १३ गते १३:२०
एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल विजयी

१३ असोज २०८० काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी हुनु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजो सम्पन्न निर्वाचनमा कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्ष निर्वाचित हुनु भएको हो ।

ढुङ्गेलले ६९६ मत प्राप्त गर्दा दाहालको पक्षमा ४३९ मत परेको थियो । प्रदेश उपाध्यक्षमा ६१५ मत ल्याउँदै दावा दोर्जे लामा निर्वाचित हुनु भयो । यस्तै सचिवमा नवराज सिलवाल एक मतान्तरले विजयी हुनु भयो ।

सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाउनुभयो । उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले विजयी हुनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *