Main News

राष्ट्रिय स्वतन्त्र पार्टी : अनियमितताको आरोप लागेका निकटस्थलाई संरक्षण दिँदै नेतृत्व (भिडियो रिपोर्टसहित)

२०८० असोज १२ गते २०:५९
राष्ट्रिय स्वतन्त्र पार्टी : अनियमितताको आरोप लागेका निकटस्थलाई संरक्षण दिँदै नेतृत्व (भिडियो रिपोर्टसहित)

१२ असोज २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका एक केन्द्रीय सदस्यलाई गम्भीर आरोप लागेको छ । सभापति रवि लामिछानेका निकट मानिने केन्द्रीय सदस्य मोहनबहादुर थापाले मन्त्री बनाउने नाममा तीन करोड रुपैयाँ मागेको पूर्वसांसद ढाकाकुमार श्रेष्ठले आरोप लगाउनुभएको छ । तर, रास्वपाले थापालाई कारवाही गर्ने लक्षण नै देखाएन बर, ठोस प्रमाण नभएकोभन्दै उन्मुक्ति दियो ।

आफ्नो पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसंग पैसाको लेनदेनका बिषयमा कुराकानी गरिरहेको अडियो बाहिरिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई कारबाही गर्यो ।

पार्टी सभापति रवि लामिछानेले ७२ घण्टाभित्रै कारबाही गर्ने घोषणा अनुसार उहाँलाई पार्टीबाट निस्कासन मात्र गरेन, सांसद पद पनि खोस्यो । ढाका समानुपातिक सांसद हुनुहुन्थ्यो । ढाकाको अडियो प्रकरण बाहिरिए लगत्तै कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौति पनि दिनु भएको थियो ।

लामिछानेले घोषणा गरेजस्तै ढाकालाई त कारवाही भयो तर ढाकाले कोर टिम भनेर आरोप लगाएका मोहनबहादुर थापाविरुद्ध छानबिन नै भएन । बरु, ठोस प्रमाण पुगेन भनियो । खासमा थापा लामिछानेका खास मित्र हुनुहुन्छ । थापा र लामिछाने अमेरिकामा रहँदा मित्र भएको रास्वपाभित्र चर्चा छ ।

थापाविरुद्ध अमेरिकी अदालतमा नक्कली सवारीचालक प्रमाणपत्र बनाएको, एक महिलालाई यातना दिएका लगाएतका ५१ वटा मुद्दा परेको छ । उनै थापाले मन्त्री बनाइदिन्छु ३ करोड दिनुभन्दै रकम मागेको ढाकाको आरोपछ । ढाकाको रकम चलखेलबारे सार्वजनिक हुँदा ७२ घण्टामा अनुसन्धान गरेर संलग्नलाई कारवाही गर्ने रविको घोषणाले हावा खाएको छ । आफ्ना मित्रलाई किन कारवाही गर्नु र रु बरु बचाउनै लागेको छ, रास्वपा ।

लामिछानेका कोर टिमका सदस्य थापा लगायत सदस्यले मन्त्री बन्ने पक्का भएको भन्दै तारान्तार फोन गरेको र रकमको जोहो गर्न भनेको ढाकाको आरोप थियो । यति मात्रै नभएर आफूले मन्त्री बन्नकै लागि फिर्ता दिने शर्तमा व्यवसायी दुर्गा प्रसाईसंग २ करोड रुपैयाँ मागेको पनि खुलाउनु भएको थियो ।

प्रसाईसंग भएको संवादको पुरै अडियो नहालेर काटछाँट गरेर हालेर आफूलाई फसाईएको गुनासो ढाकाकुमारको छ । पार्टी सभापति लामिछाने निकट भएकै कारण मोहनबहादुरलाई उन्मुक्ति दिइएको त होइन् भन्ने प्रश्न पनि उठिरहेको छ । नभए सभापति लामिछानेले त बिगतमा आर्थिक लेनदेन, भ्रष्टाचार लगायतका प्रकरणमा मुछिने पार्टीको जो कोही भएपनि नछाड्ने र कारबाही गर्न नसकेमा आफूलाई गढीमाई मै लगेर बली दिन सार्वजनिक रुपमा घोषणा नै गर्नुभएकै हो ।

लामिछाने र उहाँ निकटलाई आर्थिक लेनदेनको आरोप पहिलो पटक भने लागेको होइन्, उहाँ टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहँदा देखि नै उहाँकै सहयोगी मध्येका एक चितवनमा आत्महत्या गर्नु अघि नै लामिछाने विरुद्ध आर्थिक लेनदेनको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *