Main News

सहकारीमार्फत ठगी गरेको आरोपमा जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी

हिमालय टिभी
२०८० असोज १२ गते १६:१५
सहकारीमार्फत ठगी गरेको आरोपमा जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी

१२ असोज २०८० काठमाडौं । देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई जीबी र कुमार रम्तेलविरुद्ध जिल्ला अदालत पर्साले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले यसअघि नै राई र रम्तेलसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

जीबी राई सहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरीको आधारमा सहकारीका संस्थापक राईसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

संस्थापक राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर, पूर्व कोषाध्यक्ष रम्तेल, सञ्चालक समिति सदस्यहरु देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास, सहकारीकी पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी भएको छ ।

कर्जा अधिकृत राधेचन्द्र यादव भने पक्राउ परिसकेका छन । देशभरीका प्रमुख शहरमा सहकारीको नेटवर्क खडा गरी सर्वसाधारण बचतकर्ताको रकम सहकारी मार्फत जीबी राईसहितको समूहले दुरुपयोग गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *