Main News

विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०८० असोज १२ गते १३:१८
विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

१२ असोज २०८० काठमाडौं । आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

यस वर्ष मुटु दिवसको नारा ‘मन लगाऔँ मुटु बचाऔँ’ भन्ने रहेको छ । विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउन थालिएको हो ।

प्रत्येक वर्ष एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको विश्व मुटु महासंघको तथ्यांक छ । विकासोन्मुख र अविकसित देशमा मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी छ ।

सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या वार्षिक २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । हृदयाघात सबैभन्दा बढी मृत्युको कारक हुने पनि डब्लुएचओको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *